माकुराको धागो – Kumo no Ito By Akutagawa Ryunoske.

 

Image

एक दिन.गौतम बुद्द स्वर्गमा कमलको पोखरीको छेउ छेउ एक्लै घुम्न निस्कनु भएको रहेछ.

गोलो गुच्चा जस्तै फुलेको सेतो कमलको फुल,त्यसको बिचमा रहेको सुनौलो, रंग र हरहर मदुर बासना फैलिरहेको, स्वर्गको समय तेतिबेला भर्खर बिहान् भएको थियो.
बुद्द पोखरीको छेउमा बसेर,पानीको माथि फैलिएको कमलको फुलको पातको बिचमा,यसो तलतिर माछा पनि छ कि भनी नियालेर हेर्नुभएछ,यो स्वर्गको कमलको पोखरी टिक तल नर्कको पिध पर्दोरहेछ, क्रिस्टल गलास जस्तै छर्लंग देखिने पानी तल, तीन वैतरणी नदी र सुइको पहाड दूरबिनले हेरे जस्तै छर्लंग देखिने रहेछ.

हेर्छन त नर्कको तलमा,खाँनदाता भन्ने एउटा मान्छे ,अरु पापी संगै तड्पी,छटपटाई रहेको देखनुभएछ.यो खानदाता भन्ने मान्छे,चोर्ने,मान्छे मार्ने,आगो लगाउने अरु थरीथरीका नराम्रो काम गर्ने टुलो मास्टर चोर थियो.त्येस्तो नराम्रो भएता पनी उसले एउटा मात्र राम्रो काम गरेको थाहा छ.त्यो भन्नु पर्दा एक दिन यो मान्छे घना जंगल भित्र हुदै हिडी रहंदा,एउटा सानो माकुरोले बाटोमा जालो बनाऊदै गरेको देखी खाँनदाताले थिची मार्ने विचारले जट्ट खुट्टा उटाएछ, [ हैन,हैन,यो सानो भए पनि जिबित प्राणीमा कुनै सन्देह छैन, एसरी बिना कारण स्वासलिने प्राणी मार्न, जस्तो भएपनि गर्नु राम्रो हैन बिचरा.] एसरी सोचेर अन्तसन्म त्यो माकुरो नमारी बचाएको थियो.

बुद्द्ले नर्कको दिर्सय हेरदै गर्दा ,यो खानदाताले माकुरो बचाएको कुरा संझेछन्. त्यस पछि यस्तो पुन्ने काम गेरको बापत,सकेमा यो खानदातालाई नर्क बाट निकाल्न मन लागेछ.लक्किली साइडतिर हेर्दा किन्गफिसर जस्तै रंग भएको कमलको पात माथि,स्वर्गको एउटा माकुरो, एकदमै राम्रो चांदीको रंगको डोरी लगाई रहेको रहेछ.बुद्दले त्यो माकुरोको डोरी बिस्तारै हातमा लिई,गुच्चा जस्तै सेतो कमलको बिचबाट, नर्कको पिधमा सिदै पातालमा झार्नुभएछ.


तल नर्कको पिधमा रगत र पिपको पोखरीमा,अरु पापीहरुसंगै कर्मै संग घरी डुब्ने घरी उत्रने गरी रहेको खानदाता.यता हेरेपनि कालो अन्धकार उता हेरेपनि कालो अन्धकार,अक्कल जुक्क्ल अन्द्ययारोमा धमिलो देखिने कुरा छ.त्यो हो एक दमै डरलाग्दो सुई हि सुईको पहाडको सुई हो.त्येस्तो एक्लोपन डरको ब्याख्या गर्न नसकिने.त्येस माथि वोरिपरी मान्छे गाडने मसान घाटको भित्र जस्तो केहि पनि आवाज नभएको सान्त.घरी घरी सुनिने सोर भनेमा, पापीहरुको सानो दर्दनाक पिडाको उच्छ्वास मात्र.एसरी यहा सम्म झरेको मान्छे थरी थरिको नर्कको एक पछि अर्को यातनाले लखतरान भई,रुने शक्ति पनि बाकी रहेन. यस्तो अबस्थामा
खानदाता जस्तो मास्टर चोर पनि,रगत र पिपको पोखरीमा घांटी सम्म डुब्दा,मर्न लागेको भ्यागुतो जस्तै छटपटीमात्र रहेको थियो.

यसैमा एक पाली.खानदाताले बिना सोचमा टाउको माथि उटाई,रगत र पिपको पोखरीको आकास हेर्छ त,कालो सुन्य अन्द्यकार भित्र माथि माथि टाडा आकासबाट, चाँदीको रंगको माकुराको धागो,मान्छेको आँखामा नपरोस भनि लुकी लुकी आएजस्तो,मसिनो प्रकाश छर्दै,ठीक अफ्नो माथि झर्छ.खानदाता यो देखि बिना सोच ताली बजाई खुशी हुन्छ.यो धागोमा झुन्डेर अन्त्त सन्म गएमा पक्कै यो नर्क बाट छुटकारा पाउनेमा कुनै सन्का छैन.सोचे जस्तै भएमा स्वर्गमा पनि पस्न सकिन्छ होला.सोचेको जस्तै भएमा सुइको पहाडमा लखेटिने डर र रगत र पीपको पोखरीमा चोपलिने कस्टबाट पनि मुक्क्ति मिल्नेछ.

त्यस्तो सोची खाँनदाता जट्ट माकुराको धागो दुवै हातले बलियो तालले समाउदै,सक्दोबलले मेहनतको साथ माथि माथि चड्न थाल्यो.
पेसाले चोरको मास्टर भएकोले यस्तो मौकामा पहिलाको अनुभब काममा आउँदा मक्ख परेको छ. तर नर्क र स्वर्गको अन्तर द्सोउ हजार माइलको दुरी रहेकोले ,जति हतार गेरपनि सजिलो हिसाबले माथि निस्कन सकिदैन.अलि अलि माथि चढीसके पछि खानदाता थकाईले अलि कति पनि माथि चड्न सकेन.कुनै उपाए नलागी,एक छिन बिस्राम लिने हिसाबले ,धागोको बिचमा झुनडीदै आखाको तल टाडा टाडा हेरेछ.

सक्दो बललगाई मेहेनतका साथ चडेकोले अघिसम्म आफु भएको रगत र पिपको पोखरी,अहिले भने अन्धकार भित्र छोपिएछ.अनि फेरी त्यो अत्यासलाग्दो घरी घरी अन्धकारमा जल्ल्क जल्कने सुइको पर्वत पनि खुट्टा भन्दा तल परेछ. येही हिसाबले चड्दै गएमा नर्कबाट निस्कन असम्भब छैन भन्नेलागि.खानदाता दुबैहात माकुराको धागोमा बलियोसंग समाउदै,यहाँ आई पुगीन्जेल संम्म कुनै सानो स्वोर पनि ननिकालेकोमा अहिले [येहाँ सन्म आएको फल हो भनी खुसीले हाँसेछ ] तथापि फेरी येसो नियालेर हेर्दा त,माकुराको धागोको तल तिर,असीमित असंख्य पापिहरुको झुंड आफु चडेको पछि पछि कमिलाको पंक्ति जस्तै माथि माथिको लक्ष्य लिई चढी रहेको पो हुन्छ!?खानदाता यो दिर्स्य देखि आदि छक्क पर्नुको साथ साथ डर र त्रासले अत्यास भई,एक छिन त

अक्क न बक्क भई पागल जस्तै ठूलो मुख खोलदै आँखा मात्र एताउता नचाई रहयो. आफु एक्लैले पनि जतिखेर पनि चुडिन सक्कने यो मसिनो माकुराको धागो, कसरी तेत्रो संख्याको भारीलाई धान्न सक्कछ.यदी बिचमा नै चुड्यो भने,यहाँ सन्म चडेर आएको म समेत पहिलाकै नर्कमा उल्टो जर्न पुग्छु. त्यस्तो भएमा बिपत पर्छ. येति सोचिन्जेल सम्म पनि पापीहरु सयौं हजारोँ भन्दा बढीको संख्यामा,कालो अन्धकार रगत र पीपको पोखरीको पिँधबाट, सल्यांग बल्यांग गर्दै रेंगीदै माथि चडीरहयो, मसिनो चम्किलो माकुराको धागोमा एकलाईनमा रेंगी रेंगी चडीरहेछन. अहिलेनै केहि उपाए नगर्ने हो भने धागो ठिक बिचबाट दुई टुक्रा भई तल खस्न कति बेरछैन.यो सोची खानदाताले ठुलो स्वोरमा [कोराआ,ओई पापीहरु…….. यो माकुराको धागो मेरोहो.हैन कसलाई सोधेर चडेको, अहिलेनै झर, झर झरीहाल.]  भनी ठुलो स्वोरले कराएछ.

तेतिनै बेला.अहिले सन्म केहि नभएको माकुराको धागो अक्स्मात खानदाता झुन्डिएको ठाउँबाट नै चटकक अवाज निकाल्दै चुँटीयो. र खानदाता पनि कुनै प्रतिरोध गर्ने मौका बिना. एकै छिनमा हावालाई छेडदै,स्पिन जस्तै घुन्मघुन्मती हेर्दा हेर्दै घुन्म्दै अन्धकारमा खसेछ.पछाडी सिर्फ न जुन न तारा केहि पनि नभएको कालो अन्धकार आकासको बिचमा छोटो तरर्लंग स्वर्गको माकुराको धागो मात्र,मसिनो उज्यालो चमक छोड्दै झुन्डिरहेछ.


बुद्द स्वर्गको कमलको पोखरीको छेउमा उभिदै यो सबै दिर्य्से हेरिरहनु भएको थियो.अन्तमा खानदाता रगत र पीपको पोखरीको पिधमा ढुंगा जस्तै डुब्न पुग्छ.बुद्द चिन्तामुलक नियाउरो अनुहार बनाई फेरी लतरंग लतरंग घुम्न हिडन थालेछन.आफु मात्र नर्कबाट निस्कन खोज्ने खानदाताको क्रूर मन र सोचले गर्दा,त्येही अनुसारको दण्ड भोगी फेरी पहिलाको नर्कमा नै खस्न पुगेको देखदा,
बुद्दको आँखाबाट हेर्दा सानो स्वार्थी स्वभाव भन्दा अरु केहि देखनु भएनछ.
तर स्वोर्गको कमलको पोखरीको कमललाई चाँही, थोरै पनि त्यस्तो कुरामा कुनै मतलब नरही,त्यो गोलो गुच्चा जस्तो सेतो फुल,बुद्दको खुट्टा ओरिपरी लहराई रही ,बिचको सुनौलो फूलको भागबाट मन्द मन्द मिटो बासना फैलाईरहेको थियो.स्वर्गको त्यति बेलाको समय सुनौलो घामलागि बिस्तारै मध्यानको नजिकिदै थियो.

(1918-04-16) Akutagawa Ryunoske– (1892-03-01 -1927-07-24) Suicide at 35 Year of Age.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s